लेकसाइडलाई पर्यटनमैत्री बनाउछौँ: गठबन्धनका दुई बराल
पाेखरा | मंसिर १, २०७९
पोखरा: पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदवारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ ।
कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । उम्मेदवारहरु कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय रामजी र प्रकाशले नहर मार्ग, खहरे, डिहिको पाटन , हलनचोक र बगंलादि लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए ।
प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने योजना सुनाए । कथाको रुपमा रहेको फेवातालको संरक्षण र विकासको लागि दिर्घकालिन योजना ल्याउने प्रतिवद्धता जनाए ।
पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

